उत्‍पत्ति 12:1-4

उत्‍पत्ति 12:1-4 NNRV

परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “तेरो देश र तेरा कुटुम्‍ब तथा तेरा पिताका घरबाट निस्‍केर जुन देश म तँलाई देखाउँछु त्‍यहाँ जा। “म तँबाट एउटा ठूलो जाति खड़ा गर्नेछु, र तँलाई आशिष्‌ दिनेछु। म तेरो नाउँ प्रसिद्ध गराउनेछु, र तँ आशिष्‌को मूल हुनेछस्‌। तँलाई आशिष्‌ दिनेहरूलाई म आशिष्‌ दिनेछु, र तँलाई सराप दिनेहरूलाई सराप दिनेछु। तँद्वारा नै पृथ्‍वीका सबै कुलले आशिष्‌ पाउनेछन्‌।” यसैकारण परमप्रभुले भन्‍नुभएबमोजिम अब्राम गइहाले, र लोत पनि तिनीसँग गए। हारानबाट निस्‍केर जाँदा अब्राम पचहत्तर वर्षका थिए।