त्यस बेला जम्मै पृथ्वीमा एउटै भाषा र एकै खालको बोली थिए। मानिसहरू पूर्वतिर सर्दैजाँदा शिनार देशमा एउटा मैदान भेट्टाएर त्यहीँ बसोबास गरे। तिनीहरूले आपसमा भने, “लौ, हामीहरू इँट बनाएर पोलौं।” ढुङ्गाको सट्टा इँट र हिलोको सट्टा अलकत्रा तिनीहरूले प्रयोग गरे। तब तिनीहरूले भने, “लौ, हामी आफ्नो निम्ति एउटा सहर र स्वर्गैसम्म पुग्ने एउटा धरहरा बनाऔं, अनि आफ्नो नाउँ राखौं र हामी पृथ्वीभरि जताततै नछरिऔं।” मानिसहरूका सन्तानले बनाइरहेका सहर र धरहरा हेर्नलाई परमप्रभु तल ओर्लनुभयो। अनि परमप्रभुले भन्नुभयो, “यदि एउटै भाषा बोल्ने एउटै जातिको स्थानमा अहिले यिनीहरूले यो गरे भने, अब तिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्भव हुनेछैन। आओ, तल ओर्लेर गई तिनीहरूको भाषा खलबल पारिदिऔं, र तिनीहरूले एक-अर्काको बोली नबुझून्।” तब परमप्रभुले त्यहीँबाट तिनीहरूलाई जम्मै पृथ्वीभरि तितरबितर पारिदिनुभयो, र तिनीहरूले त्यो सहर बनाउन छोड़िदिए। यसकारण त्यसको नाउँ बाबेल राखियो, किनभने परमप्रभुले त्यहीँ नै सारा पृथ्वीभरिका भाषा खलबल पारिदिनुभएको थियो। त्यहीँबाटै परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि तितरबितर पारिदिनुभयो।
उत्पत्ति 11 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 11:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू