उत्‍पत्ति 10:1-5

उत्‍पत्ति 10:1-5 NNRV

नोआका छोराहरू शेम, हाम र येपेतको वृत्तान्‍त यही हो। जलप्रलयपछि तिनका पनि छोराहरू जन्‍मे। येपेतका छोराहरू: गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास। गोमेरका छोराहरू: अशकनज, रीपत र तोगर्मा। यावानका छोराहरू: एलीशाह, तर्शीश, कित्तीम र रोदानीम। यिनीहरूबाट नै समुद्रतटवासीहरू, तिनीहरूका देशभित्र, प्रत्‍येकको आफ्‍नो भाषा र जातिअनुसार फिँजिए।