नोआका छोराहरू शेम, हाम र येपेतको वृत्तान्त यही हो। जलप्रलयपछि तिनका पनि छोराहरू जन्मे।
येपेतका छोराहरू:
गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास।
गोमेरका छोराहरू:
अशकनज, रीपत र तोगर्मा।
यावानका छोराहरू:
एलीशाह, तर्शीश, कित्तीम र रोदानीम।
यिनीहरूबाट नै समुद्रतटवासीहरू, तिनीहरूका देशभित्र, प्रत्येकको आफ्नो भाषा र जातिअनुसार फिँजिए।
हामका छोराहरू:
कूश, मिश्रइम, पूत र कनान।
कूशका छोराहरू:
सेबा, हवीला, सब्ता, रामाह, र सब्तका।
रामाहका छोराहरू:
शेबा र ददान।
कूश निम्रोदका पिता भए। यिनी नै पृथ्वीका पहिलो शक्तिशाली पुरुष भए। यिनी परमप्रभुको सामु शक्तिशाली शिकारी थिए। यसैले “निम्रोदजस्तै परमप्रभुको सामु शक्तिशाली शिकारी” भन्ने आहान चलेको छ। उनको राज्यको सुरु बाबेल, एरेक, अक्कद र कल्नेहबाट भयो, जुन शिनार देशमा छन्। त्यही देशबाट उनी अश्शूरमा गए, र निनवे, रहोबोत-इर र कालह सहरहरू, अनि निनवे र कालहको बीचमा रेसेन सहर बनाए। रेसेनचाहिँ महान् सहर हो।
मिश्रइमचाहिँ लूदी, अनामी, लहाबी, नप्तूही पत्रुसी, कस्लूही (जसबाट पलिश्तीहरू निस्के) र कप्तोरीहरूका पुर्खा थिए।
कनान आफ्ना जेठा छोरा सीदोन र हेतका पिता भए। कनानबाट हित्ती, यबूसी, एमोरी, गिर्गाशी, हिव्वी, अरकी, सिनी, अर्वादी, सेमारी र हमातीहरू उत्पन्न भए।
त्यसपछि कनानका वंशहरू जताततै फिँजिए। कनान देशको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म थियो।
हामका छोराहरू, उनीहरूका वंश र भाषाअनुसार, र उनीहरूका देश र जातिहरू यी नै हुन्।
येपेतका भाइ शेमका पनि छोराहरू जन्मे। शेम एबेरका सबै सन्तानका पुर्खा थिए।
शेमका छोराहरू: एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम थिए।
अरामका छोराहरू:
ऊज, हुल, गेतेर र मेशेक थिए।
अर्पक्षद शेलहका पिता भए।
शेलह एबेरका पिता भए।
एबेरका दुई जना छोराहरू जन्मे। एउटाको नाउँ पेलेग थियो, किनभने उनकै समयमा पृथ्वी अलग-अलग भागमा बाँड़ियो। उनका भाइको नाउँ योक्तान थियो।
योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह, हदोरम, ऊजाल, दिक्ला, ओबाल, अबमाएल, शेबा, ओपीर, हवीला र योबाबका पिता भए। यी सबै योक्तानका छोराहरू थिए।
उनको वासस्थान मेशादेखि यता पूर्वको पहाड़ी देश सपारा जाने बाटोसम्म थियो।
शेमका छोराहरू, उनीहरूका वंश र भाषाअनुसार, र उनीहरूका देश र जातिहरू यी नै हुन्।
नोआका छोराहरूका वंशहरू आ-आफ्ना जातिअनुसार यी नै हुन्। यीबाट जलप्रलयपछि पृथ्वीमा जाति-जाति अलग-अलग भएर जताततै फिँजिए।