म पावलले नै तिमीहरूलाई भन्दछु, तिमीहरूले खतना लियौ भने ख्रीष्टबाट तिमीलाई कुनै फाइदा हुनेछैन। खतना हुने प्रत्येकलाई म फेरि चेताउनी दिन्छु, कि सम्पूर्ण व्यवस्था पालन गर्न त्यो बाध्य हुन्छ। तिमीहरू जो व्यवस्थाद्वारा धर्मी ठहरिन चाहन्छौ, तिमीहरू ख्रीष्टबाट अलग्ग भएका छौ। तिमीहरू अनुग्रहबाट तल खसेका छौ। किनकि हामी पवित्र आत्माद्वारा विश्वासबाट धार्मिकताका आशाको प्रतीक्षा गर्छौं। ख्रीष्ट येशूमा न त खतना केही मूल्यको न बेखतना केही मूल्यको हुन्छ। तर एउटै कुराको मात्र मूल्य छ, अनि त्यो हो— प्रेमद्वारा काम गर्ने विश्वास।
गलाती 5 पढ्नुहोस्
सुन्नुहोस् गलाती 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गलाती 5:2-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू