गलाती 4:6-9

गलाती 4:6-9 NNRV

तिमीहरू पुत्र भएका हुनाले परमेश्‍वरले आफ्‍ना पुत्रको आत्‍मा हाम्रा हृदयमा पठाइदिनुभयो, जसले “हे अब्‍बा, पिता!” भनेर पुकार्नुहुन्‍छ। यसैकारण, परमेश्‍वरद्वारा तिमी अब उप्रान्‍त दास होइनौ, तर पुत्र हौ, र पुत्र हौ भनेता उत्तराधिकारी पनि हौ। अघिअघि जब तिमीहरूले परमेश्‍वरलाई चिनेका थिएनौ, तिमीहरू तिनका दास थियौ, जो स्‍वभावले नै देवहरू होइनन्, तर अब त तिमीहरूले परमेश्‍वरलाई चिनेका छौ, अथवा परमेश्‍वरबाट चिनिएका छौ, र पनि फेरि कसरी तिमीहरू ती निर्बल र सुरु-सुरुका तुच्‍छ सिद्धान्‍तहरूतिर फर्कन्‍छौ र फेरि तिनका दास बन्‍न चाहन्‍छौ?