यसकारण तिमीहरूले यो जान, कि जस-जसले विश्वास गर्छन्, तिनीहरू नै अब्राहामका सन्तान हुन्। परमेश्वरले अन्यजातिहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ भन्ने धर्मशास्त्रले पहिलेदेखि नै देखेर अब्राहामलाई “तँमा नै सबै जातिले आशिष् पाउनेछन्” भन्ने सुसमाचार अघिबाटै सुनायो। यसकारण विश्वास गर्ने मानिसहरूले विश्वासी अब्राहामसँगै आशिष् पाएका छन्। व्यवस्थाका कामहरूमाथि भर पर्ने सबै श्रापित छन्, किनकि धर्मशास्त्रमा यसो लेखिएको छ, “व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुरामा नरहने र ती पालन नगर्ने हरेक श्रापित हुन्छ।” परमेश्वरको दृष्टिमा व्यवस्थाबाट कोही मानिस धर्मी ठहरिँदैन भन्ने कुरा प्रत्यक्ष छ। किनभने “धर्मीचाहिँ विश्वासद्वारा नै जिउनेछ।” व्यवस्थाचाहिँ विश्वासमाथि आधारित छैन, बरु “जुन मानिसले यी काम गर्छ, त्यो तिनैद्वारा जिउनेछ।” हाम्रा निम्ति सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि “काठमा झुण्डिने हरेक श्रापित हुन्छ” भन्ने लेखिएको छ। उहाँले हामीलाई मोल तिरेर छुटाउनुभयो, ताकि अब्राहामलाई दिइएको आशिष् ख्रीष्ट येशूद्वारा अन्यजातिहरूमा आओस्, र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौं।
गलाती 3 पढ्नुहोस्
सुन्नुहोस् गलाती 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गलाती 3:7-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू