गलाती 3:26-29

गलाती 3:26-29 NNRV

किनकि विश्‍वासद्वारा तिमीहरू सबै ख्रीष्‍ट येशूमा परमेश्‍वरका सन्‍तान हौ। किनकि तिमीहरूमध्‍ये जतिको ख्रीष्‍टमा बप्‍तिस्‍मा भयो, तिमीहरू सबैले ख्रीष्‍टलाई धारण गरेका छौ। अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ। यदि तिमीहरू ख्रीष्‍टका हौ भनेता तिमीहरू अब्राहामका सन्‍तान हौ, र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ।