गलाती 3:2-8

गलाती 3:2-8 NNRV

यति मात्र म तिमीहरूलाई सोध्‍न चाहन्‍छु, तिमीहरूले पवित्र आत्‍मालाई व्‍यवस्‍थाका कामहरूद्वारा पायौ, कि सुनेका वचनमा विश्‍वास गरेर? के तिमीहरू यति मूर्ख छौ, कि आत्‍मामा सुरु गरेर शरीरमा शेष गर्दैछौ? के यतिका दुःख तिमीहरूले व्‍यर्थमा भोग्‍यौ त?— यदि यो साँच्‍चै व्‍यर्थमा भयो भनेता। जसले तिमीहरूलाई पवित्र आत्‍मा दिनुहुन्‍छ, र तिमीहरूका माझ आश्‍चर्यकर्महरू गर्नुहुन्‍छ, के यो सबै उहाँले व्‍यवस्‍थाका तिमीहरूका कामको कारणले गर्नुभएको हो, कि सुनेका वचनमा तिमीहरूले विश्‍वास गरेको कारणले हो? अब्राहामलाई नै हेर, “उनले परमेश्‍वरमा विश्‍वास गरेथे, र यो उनको निम्‍ति धार्मिकता गनिएको थियो।” यसकारण तिमीहरूले यो जान, कि जस-जसले विश्‍वास गर्छन्, तिनीहरू नै अब्राहामका सन्‍तान हुन्‌। परमेश्‍वरले अन्‍यजातिहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्‍छ भन्‍ने धर्मशास्‍त्रले पहिलेदेखि नै देखेर अब्राहामलाई “तँमा नै सबै जातिले आशिष्‌ पाउनेछन्‌” भन्‍ने सुसमाचार अघिबाटै सुनायो।