भाइ हो, प्रतिदिनको जीवनबाट एउटा उदाहरण लिऔं, एक चोटि पक्का भइसकेपछि मानिसले बनाएको इच्छापत्र कसैले रद्द गर्न सक्दैन, न त त्यसमा केही थप्न सक्छ। प्रतिज्ञाहरू अब्राहाम र उनको सन्तानलाई दिइएका थिए। धर्मशास्त्रले “सन्तानहरूलाई” भन्दैन, यसले त धेरै मानिसहरूको सङ्केत दिन्छ। तर धर्मशास्त्रले “तिम्रो सन्तानलाई” भन्छ, यसले एक जना मानिसको मात्र सङ्केत दिन्छ, जो ख्रीष्ट हुनुहुन्छ। मेरो भनाइको अर्थ यो हो, कि चार सय तीस वर्षपछि आएको व्यवस्थाले त्यसभन्दा अघि परमेश्वरले पक्का गर्नुभएको करारलाई काट्दैन, नत्रता प्रतिज्ञा रद्द भइजानेथियो। किनकि उत्तराधिकार व्यवस्थाद्वारा पाइने हो भने प्रतिज्ञाद्वारा पाइने कुरै आउँदैन। तर परमेश्वरले प्रतिज्ञाद्वारा नै अब्राहामलाई यो दिनुभयो।
गलाती 3 पढ्नुहोस्
सुन्नुहोस् गलाती 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गलाती 3:15-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू