गलाती 1:6-10

गलाती 1:6-10 NNRV

मलाई आश्‍चर्य लागिरहेछ, कि ख्रीष्‍टको अनुग्रहमा तिमीहरूलाई बोलाउनुहुनेलाई यति चाँड़ै त्‍यागेर तिमीहरू भिन्‍न सुसमाचारतिर लागिरहेछौ। वास्‍तवमा अर्को सुसमाचार छैन, तर यस्‍ता कोहीकोही छन्, जसले ख्रीष्‍टको सुसमाचारलाई भ्रष्‍ट पार्न खोज्‍छन्‌। हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्‍वर्गबाट आउने दूतले नै प्रचार गर्‍यो भने पनि त्‍यो व्‍यक्ति श्रापित होस्‌। हामीले अघिदेखि नै भनेजस्‍तै म फेरि अहिले पनि भन्‍दछु, तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ, त्‍यसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने, त्‍यो श्रापित होस्‌। के म मानिसहरूको निगाह खोज्‍दैछु, कि परमेश्‍वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्‍दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्‍टको दास हुनेथिइनँ।