भाइ हो, तिमीहरूले यो जान भन्ने म चाहन्छु, कि मैले प्रचार गरेको सुसमाचार मानिसको सुसमाचार होइन। किनकि मैले यो कुनै मानिसबाट पाएको होइनँ, न मलाई यो सिकाइएको थियो, तर येशू ख्रीष्टको प्रकाशद्वारा मैले यो पाएको हुँ। यहूदी धर्ममा छँदा मेरो अघिको जीवनको विषयमा तिमीहरूले सुनेका छौ, कसरी मैले परमेश्वरको मण्डलीलाई भयानक रूपले सताएँ, र त्यसलाई नाश गर्न खोजें। हाम्रा जातिमा, मेरा दौँतरकाहरू धेरैलाई उछिनेर म यहूदी धर्ममा अगि बढ़ेको थिएँ, र मेरा पिता-पुर्खाको परम्परामा म ज्यादै जोशिलो थिएँ। तर, मेरो जन्म हुन अघि नै मलाई अलग गर्नुहुने, र आफ्नो अनुग्रहद्वारा मलाई बोलाउनुहुने परमेश्वरलाई, जब अन्यजातिहरूका बीचमा उहाँको प्रचार गर्नलाई आफ्ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्यो, तब मैले कुनै मानिससँग केही सल्लाह लिइनँ, न त मभन्दा अघि प्रेरित हुनेहरूकहाँ म यरूशलेममा गएँ, तर तुरुन्तै अरब देशमा गएँ, र पछि दमस्कसमा फर्केर आएँ। तब तीन वर्षपछि केफाससँग भेट गर्न म यरूशलेम गएँ, र उनीसँग पन्ध्र दिनसम्म बसें। तर प्रभुका भाइ याकूबलाई बाहेक अरू कुनै प्रेरितलाई मैले भेटिनँ। परमेश्वरको सामु म तिमीहरूलाई विश्वास दिलाउन चाहन्छु, कि म जे लेख्तछु त्यो झूटो होइन। त्यसपछि म सिरिया र किलिकियाका इलाकातिर गएँ। त्यतिञ्जेल यहूदियाका ख्रीष्टका मण्डलीहरूले मेरो मुख देखेका थिएनन्। तिनीहरूले यतिसम्म मात्र सुनेका थिए, “अघि हामीहरूलाई सताउने मानिसले जुन विश्वास नाश गर्न खोजेको थियो, अहिले त्यसले त्यही विश्वास प्रचार गरिरहेछ।” तिनीहरूले मेरो कारण परमेश्वरलाई महिमा दिए।
गलाती 1 पढ्नुहोस्
सुन्नुहोस् गलाती 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गलाती 1:11-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू