इजकिएल 4:1-8

इजकिएल 4:1-8 NNRV

“हे मानिसको छोरो, एउटा इँटका पाटा लिएर त्‍यो तेरो सामु राख्, र त्‍यसमा यरूशलेमको फोटो खिच्‌। तब त्‍यसका चारैतिर घेरा हाल्‌। त्‍यसको विरुद्धमा घेरा-मचान बना, र त्‍यसको सामुन्‍ने छाउनी लगा, र वरिपरि त्‍यसलाई भत्‍काउने मूढ़ाहरू राख्‌। तब एउटा फलामे भाँड़ो लिएर सहर र तेरो बीचमा एउटा फलामको पर्खालझैँ त्‍यो खड़ा गर्‌ अनि तेरो मोहड़ा सहरतिर फर्का। त्‍यो घेरा लाएको अवस्‍थामा हुनेछ, र तैंले त्‍यसलाई घेरा हालेर ली। इस्राएलका घरानाको निम्‍ति यो एउटा चिन्‍ह हुनेछ। “त्‍यसपछि तँ देब्रेतिर कोल्‍टे परेर सुत्‌, र इस्राएलका घरानाको पाप आफूमाथि राखिदे। जति समयसम्‍म तँ यसरी कोल्‍टे परिरहन्‍छस्, त्‍यति दिनसम्‍म तैंले तिनीहरूको पाप भोग्‍नेछस्‌। तिनीहरूको पापका वर्षको संख्‍याकै बराबर तेरो लागि दिनको संख्‍या तोकेको छु, अर्थात्‌ तीन सय नब्‍बे दिन। त्‍यतिञ्‍जेलसम्‍म तैंले इस्राएलका घरानाको पाप भोग्‍नेछस्‌। “ती दिन पूरा भइसकेपछि फेरि दाहिनेतिर कोल्‍टे पर्‌ र यहूदाका घरानाको पाप भोग्‌। यस पल्‍ट मैले चालीस दिन तेरो निम्‍ति तोकेको छु, प्रत्‍येक वर्षको लागि एक दिन। तेरो पाखुरा नाङ्गै राखेर तैंले आफ्‍नो मोहड़ा यरूशलेमको घेरातर्फ फर्काएर राख्, र त्‍यस सहरको विरुद्धमा अगमवाणी भन्‌। म तँलाई डोरीहरूले कसी राख्‍नेछु, यसरी तेरा घेराको दिन समाप्‍त नहोउञ्‍जेल तँ यताउता फर्कन सक्‍नेछैनस्‌।