यसैले उहाँले आज्ञा गर्नुभएझैँ मैले अगमवाणी गरें। जब मैले अगमवाणी गर्दैथिए, तब त्यहाँ कर्याककुरुक आवाज भयो, र ती हाड़हरू एक-अर्कोसित जोड़िन लागे। अनि मैले हेर्दाहेर्दै तिनमा नसा र मासु भरिए र ती छालाले ढाकिए, तर तिनमा सासचाहिँ थिएन। तब उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरा, सासलाई अगमवाणी गर्। अगमवाणी गर्, र त्यसलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हे सास, चारै दिशाबाट आइज, र यी मारिएकाहरूमाथि फुकिदे, र ती जीवित भएर उठून्’।” तब उहाँले आज्ञा गर्नुभएझैँ मैले अगमवाणी गर्न लागें, र सास तिनमा पस्यो। तिनीहरू जीवित भएर आ-आफ्ना खुट्टामा उभिए, र त्यहाँ एक अत्यन्तै ठूलो सेना भयो।
इजकिएल 37 पढ्नुहोस्
सुन्नुहोस् इजकिएल 37
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 37:7-10
7 दिनहरू
एक जातिका रूपमा इस्राएललाई युगौंदेखि घृणा गरिएको छ । इस्राएलको भूमिमा प्रवेश गर्नुभन्दा पहिले नै, राजा बालाले तिनीहरूलाई सराप दिन बालाम अगमवक्तालाई ज्यालामा लिएका थिए । पछि हामानले यहूदीहरूलाई नष्ट गर्न खोज्यो । शताब्दीयौंदेखि यहूदी-विरोधी मतले विभिन्न रूप लिएको छ । दुर्भाग्यवश, यस्तो भावना प्रायः चर्च भित्रबाटै बढेको थियो । इस्राएलप्रतिको यो घृणा कहाँबाट आउँछ ?
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू