तब उहाँले मलाई भन्नुभयो, “यी हाड़हरूलाई अगमवाणी गरेर भन्, ‘हे सुकेका हाड़ हो, परमप्रभुको वचन सुन!’ यी हाड़हरूलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म तिमीहरूमा सास हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ। म तिमीहरूमा नसाहरू टाँसिदिनेछु, र तिमीहरूमा मासु बढ़ाइदिन्छु, र छालाले म ढाकिदिनेछु, र तिमीहरूमा सास हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ। तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ’।” यसैले उहाँले आज्ञा गर्नुभएझैँ मैले अगमवाणी गरें। जब मैले अगमवाणी गर्दैथिए, तब त्यहाँ कर्याककुरुक आवाज भयो, र ती हाड़हरू एक-अर्कोसित जोड़िन लागे।
इजकिएल 37 पढ्नुहोस्
सुन्नुहोस् इजकिएल 37
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 37:4-7
7 दिनहरू
एक जातिका रूपमा इस्राएललाई युगौंदेखि घृणा गरिएको छ । इस्राएलको भूमिमा प्रवेश गर्नुभन्दा पहिले नै, राजा बालाले तिनीहरूलाई सराप दिन बालाम अगमवक्तालाई ज्यालामा लिएका थिए । पछि हामानले यहूदीहरूलाई नष्ट गर्न खोज्यो । शताब्दीयौंदेखि यहूदी-विरोधी मतले विभिन्न रूप लिएको छ । दुर्भाग्यवश, यस्तो भावना प्रायः चर्च भित्रबाटै बढेको थियो । इस्राएलप्रतिको यो घृणा कहाँबाट आउँछ ?
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू