इजकिएल 37:26-28

इजकिएल 37:26-28 NNRV

म तिनीहरूसित शान्‍तिको करार बाँध्‍नेछु, र त्‍यो सदासर्वदाको निम्‍ति हुनेछ। म तिनीहरूलाई स्‍थापित गर्नेछु, र म तिनीहरूको संख्‍या बढ़ाउनेछु, तिनीहरूका बीचमा सदासर्वदाको निम्‍ति म र मेरो पवित्रस्‍थान राख्‍नेछु। मेरो वासस्‍थान तिनीहरूसँगै हुनेछ। म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा प्रजा हुनेछन्‌। तब जाति-जातिहरूले यो जान्‍नेछन्, कि म परमप्रभुले नै इस्राएललाई पवित्र बनाउँछु, जब मेरो वासस्‍थान तिनीहरूका बीचमा सदासर्वदा रहिरहन्‍छ’।”