यसकारण अगमवाणी कहेर तिनीहरूलाई भन्: परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हे मेरा प्रजा, म तिमीहरूका चिहानहरू खोलेर तीबाट तिमीहरूलाई बाहिर निकाल्नेछु। म तिमीहरूलाई इस्राएलका देशमा फेरि ल्याउनेछु। तब हे मेरा प्रजा, जब म तिमीहरूका चिहानहरू खोलेर तीबाट तिमीहरूलाई बाहिर निकालेर ल्याउनेछु, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ। म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु र तिमीहरू बाँच्नेछौ। म तिमीहरूलाई तिमीहरूको आफ्नै देशमा बसाल्नेछु। तब तिमीहरूले यो जान्नेछौ, कि म परमप्रभुले नै यो भनेको हुँ, र मैले नै यो गरेको हुँ, परमप्रभु भन्नुहुन्छ’।”
इजकिएल 37 पढ्नुहोस्
सुन्नुहोस् इजकिएल 37
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 37:12-14
7 दिनहरू
एक जातिका रूपमा इस्राएललाई युगौंदेखि घृणा गरिएको छ । इस्राएलको भूमिमा प्रवेश गर्नुभन्दा पहिले नै, राजा बालाले तिनीहरूलाई सराप दिन बालाम अगमवक्तालाई ज्यालामा लिएका थिए । पछि हामानले यहूदीहरूलाई नष्ट गर्न खोज्यो । शताब्दीयौंदेखि यहूदी-विरोधी मतले विभिन्न रूप लिएको छ । दुर्भाग्यवश, यस्तो भावना प्रायः चर्च भित्रबाटै बढेको थियो । इस्राएलप्रतिको यो घृणा कहाँबाट आउँछ ?
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू