म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूभित्र म नयाँ आत्मा हालिदिनेछु। तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु। अनि म मेरा आत्मा तिमीहरूमा हालिदिनेछु, र तिमीहरूलाई मेरा विधिहरू पालन गर्ने र मेरा नियमहरू होशियारीसाथ मान्ने तुल्याउनेछु। मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको देशमा तिमीहरू रहनेछौ। तिमीहरू मेरा प्रजा हुनेछौ र म तिमीहरूका परमेश्वर हुनेछु। तिमीहरूलाई अशुद्ध पार्ने सबै कुरादेखि म तिमीहरूलाई जोगाउनेछु। म आज्ञा दिनेछु, र अन्न प्रशस्त हुनेछ, र म तिमीहरूमाथि फेरि कहिल्यै अनिकाल पठाउनेछैनँ। म रूखहरूका फललाई र खेतको अन्नलाई प्रशस्त तुल्याउनेछु, यतिसम्म कि अनिकालले गर्दा जातिहरूका बीचमा तिमीहरू फेरि कहिल्यै शर्ममा पर्नेछैनौ। तब तिमीहरूले आफ्ना दुष्ट चाल र खराब कामहरूको सम्झना गर्नेछौ, र आफ्ना पापहरू र घिनलाग्दा चालहरूको कारण तिमीहरू आफैलाई घृणा गर्नेछौ।
इजकिएल 36 पढ्नुहोस्
सुन्नुहोस् इजकिएल 36
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 36:26-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू