इजकिएल 3:24-27

इजकिएल 3:24-27 NNRV

तब आत्‍मा ममा आउनुभयो, र मलाई खुट्टामा उभ्‍याउनुभयो। उहाँले मसित कुरा गर्नुभयो, र भन्‍नुभयो, “जा, आफ्‍नो घरभित्र ढोका थुनेर बस्‌। अनि हे मानिसको छोरो, तिनीहरूले तँलाई डोरीले बाँध्‍नेछन्, र तँ बाँधिनेछस्, ताकि तँ मानिसहरूका बीचमा जान नपाएस्‌। म तेरो जिब्रो तेरो तालुमा टँसाइराख्‍नेछु, र तँ गूँगो हुनेछस्, अनि तिनीहरूलाई हप्‍काउन सक्‍नेछैनस्, यद्यपि तिनीहरू बागी घरानाका हुन्‌। तर जब म तँसित कुरा गर्छु, तब म तेरो मुख खोलिदिनेछु, र तैंले तिनीहरूलाई भन्‍नेछस्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ’। सुन्‍न चाहनेले ध्‍यानसित सुनोस्, इन्‍कार गर्नेले इन्‍कार गरोस्‌। किनकि तिनीहरू बागी घरानाका हुन्‌।”