परमप्रभुको यो वचन मकहाँ आयो: “हे मानिसको छोरो, टुरोसका राजाको विषयमा विलाप गर्, र त्यसलाई भन्: ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “‘तँ त सिद्धताको एक नमूना थिइस्, र बुद्धिले पूर्ण सर्वाङ्गसुन्दर। परमेश्वरको बगैँचा अदनमा तँ थिइस्। हरेक बहुमूल्य पत्थरले तँ सिँगारिएको थिइस्— मानिक, पुष्पराज, पन्ना, पीतमणि, आनिक्स, बिल्लौर, नीर, फिरोजा र बेरूजले तँ आभूषित थिइस्। तेरा मणिघरहरू सुनले मोहोरिएका थिए, तँ सृजेको दिनमा नै ती तयार पारिएका थिए। अभिभावक करूब हुनलाई तँ अभिषेक गरिएको थिइस्, किनकि त्यसरी नै मैले तँलाई नियुक्त गरेको थिएँ। परमेश्वरको पवित्र पर्वतमा तँ थिइस्। अग्निमय पत्थरहरूका बीचमा तँ हिँड्थिस्। तँ सृजिएको दिनदेखि तँमा अधर्म फेला नपरेको दिनसम्म, तेरो चाल-ढङ्गमा तँ दोषरहित थिइस्। तेरा चारैतिरका व्यापारद्वारा तँ उपद्रवले भरिइस्, र तैंले पाप गरिस्। यसैले मैले तँलाई परमेश्वरको पर्वतबाट अपमान गरी खेदिदिएँ, र हे अभिभावक करूब, मैले तँलाई अग्निमय पत्थरहरूका बीचदेखि धपाइदिएँ। तेरो सुन्दरताले गर्दा तेरो हृदय घमण्डले फुलियो, तैंले आफ्नो गौरवको कारण तेरो बुद्धिलाई भ्रष्ट पारिस्। यसैले मैले तँलाई जमिनमा फालिदिएँ। राजाहरूका अगि मैले तँलाई तमाशा बनाइदिए। तेरा धेरै पापहरू र बेईमान व्यापारद्वारा तैंले तेरा पवित्रस्थानहरूलाई बिटुलो पारेको छस्। यसैले गर्दा मैले तँबाटै एउटा आगो निकालिदिएँ, र त्यसले नै तँलाई भस्म पार्यो। तँलाई नियालेर हेर्नेहरू सबैका दृष्टिमा मैले तँलाई जमिनमा खरानी तुल्याइदिएँ। जाति-जातिहरूमा तँलाई चिन्नेहरू तँलाई देखेर भयभीत हुन्छन्। तँ एक डरलाग्दो अन्त्यमा आइपुगेको छस्, र तँ फेरि कहिल्यै रहनेछैनस्।
इजकिएल 28 पढ्नुहोस्
सुन्नुहोस् इजकिएल 28
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 28:11-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू