तब परमप्रभुले मोशालाई भन्नुभयो, “हेर्, मैले तँलाई फारोको निम्ति ईश्वरतुल्य बनाएको छु, र तेरो दाजु हारून तेरो प्रवक्ता हुनेछ। म जे तँलाई हुकुम गर्नेछु तैंले त्यही बता, र तेरो दाजु हारूनले इस्राएलीहरूलाई त्यसको देशबाट जान देओस् भनी फारोलाई भन्नेछ। तर म फारोको हृदय कठोर गराइदिनेछु। अनि मेरा चिन्हहरू र आश्चर्यकर्महरूको संख्या मिश्रमा बढ़ाउनेछु। तर फारोले चाहिँ तिमीहरूका कुरा सुन्नेछैन। तब म आफ्नो शक्ति मिश्रमाथि देखाउनेछु, र ठूलो इन्साफ गरीकन म मेरा दलहरू, अर्थात् मेरा प्रजा इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउनेछु। जब म मिश्रमाथि आफ्नो हात उठाएर उनीहरूकै बीचबाट इस्राएलीहरूलाई निकालेर ल्याउनेछु, तब मिश्रीहरूले थाहा पाउनेछन् कि म परमप्रभु रहेछु।” मोशा र हारूनले परमप्रभुले तिनीहरूलाई हुकुम गर्नुभएबमोजिम तिनीहरूले गरे। फारोसित कुरा गर्दा मोशा असी वर्षका र हारूनचाहिँ त्रियासी वर्षका थिए।
प्रस्थान 7 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 7:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू