प्रस्‍थान 5:1-5

प्रस्‍थान 5:1-5 NNRV

त्‍यसपछि मोशा र हारून फारोकहाँ गएर भने, “परमप्रभु इस्राएलीहरूका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘उजाड़-स्‍थानमा मेरो निम्‍ति चाड़ मनाउनलाई मेरो प्रजालाई जान दे’।” फारोले भने, “परमप्रभु को हो, र म तिनको कुरा मानेर इस्राएलीहरूलाई जान दिऊँ? परमप्रभुलाई म चिन्‍दिनँ, र इस्राएलीहरूलाई म जान पनि दिन्‍नँ।” तब तिनीहरूले भने, “हिब्रूहरूका परमेश्‍वरले हामीलाई भेट गर्नुभएको छ। बिन्‍ती छ, उजाड़-स्‍थानमा तीन दिनको बाटो गएर हाम्रा परमेश्‍वरको निम्‍ति बलि चढ़ाउन हामीलाई जान दिनुहोस्, नत्रता उहाँले हामीलाई रूढ़ी वा तरवारले प्रहार गर्नुहुनेछ।” तब मिश्रका राजाले तिनीहरूलाई भने, “ए मोशा र हारून, तिमीहरू मानिसहरूका काममा किन बाधा गर्छौ? तिमीहरू आफ्‍ना काममा लाग।” फारोले फेरि भने, “हेर, देशका मानिसहरू अब धेरै भएका छन्, र तिमीहरूचाहिँ तिनीहरूलाई काम गर्नबाट रोक्‍न चाहन्‍छौ!”