तब मोशाले त्यसै नै गरे। परमप्रभुले दिनुभएको सबै आज्ञाबमोजिम तिनले गरे। यसरी दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिन पवित्र वासस्थान खड़ा गरियो। मोशाले पवित्र वासस्थान खड़ा गरे, र त्यसका आधारहरू राखेर त्यसका फल्याकहरू ठाड़ो राखी तिनीहरूमा बार लगाई त्यसका खम्बाहरू खड़ा गरे। त्यसपछि तिनले पवित्र वासस्थानमाथि पाल फिँजाएर पालमाथि छत लगाए, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। अनि तिनले गवाही-पाटी ल्याई सन्दूकभित्र राखेर डन्डाहरू सन्दूकमा हाले, र कृपा-आसन सन्दूकमाथि राखे। तब तिनले सन्दूक पवित्र वासस्थानभित्र ल्याए, र छेक्ने पर्दा टाँगेर गवाहीको सन्दूक छेके, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। अनि मोशाले भेट हुने पालमा पवित्र वासस्थानको उत्तरतर्फ पर्दाको बाहिरपट्टि टेबिल राखे। त्यसपछि तिनले त्यसमाथि परमप्रभुको सामुन्ने रोटी सजाएर राखे, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। तिनले भेट हुने पालमा टेबिलको सामु पवित्र वासस्थानको दक्षिणतिर सामदान राखे। तिनले परमप्रभुको सामुन्ने दियाहरू मिलाए, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। मोशाले भेट हुने पालमा पर्दाको सामु सुनको वेदी राखे। तिनले त्यसमा सुगन्धित धूप बाले, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। अनि तिनले पवित्र वासस्थानको ढोकामा पर्दा टाँगे। तब तिनले भेट हुने पाल, अर्थात् पवित्र वासस्थानको ढोकामा होमबलिको वेदी राखेर त्यसमा होमबलि र अन्नबलि चढ़ाए, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।
प्रस्थान 40 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 40
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 40:16-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू