प्रस्‍थान 40:1-15

प्रस्‍थान 40:1-15 NNRV

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “पहिलो महिनाको पहिलो दिन भेट हुने पाल, अर्थात्‌ पवित्र वासस्‍थान खड़ा गर्नू। त्‍यसमा गवाहीको सन्‍दूक राखेर त्‍यसलाई पर्दाले छेक्‍नू। टेबिल भित्र ल्‍याएर त्‍यसमाथि हुने थोकहरू सजाउनू, र सामदान भित्र ल्‍याएर त्‍यसमा दियाहरू मिलाउनू। गवाहीको सन्‍दूकको सामुन्‍ने सुनको धूप-वेदी राख्‍नू, र पवित्र वासस्‍थानको ढोकाको पर्दा लाउनू। “भेट हुने पाल, अर्थात्‌ पवित्र वासस्‍थानको ढोकाको सामु होमबलिको वेदी राख्‍नू। त्‍यसपछि भेट हुने पाल र वेदीको बीचमा बाटा राखेर त्‍यसमा पानी हाल्‍नू। अनि चोकको घेरा वरिपरि खड़ा गर्नू, र चोकको ढोकाको पर्दा टाँग्‍नू। “अभिषेक गर्ने तेल लिएर पवित्र वासस्‍थान र त्‍यसमा भएका सबै थोकलाई अभिषेक गर्नू र त्‍यसलाई र त्‍यसका सबै सामान पवित्र गर्नू, अनि त्‍यो पवित्र हुनेछ। तब होमबलिको वेदी त्‍यसको सबै सामानसमेत अभिषेक गरेर त्‍यसलाई पवित्र गर्नू, र त्‍यो अति पवित्र हुनेछ। बाटा र त्‍यसका खुट्टा अभिषेक गरेर पवित्र गर्नू। “त्‍यसपछि हारून र त्‍यसका छोराहरूलाई भेट हुने पालको ढोकामा ल्‍याएर तिनीहरूलाई पानीले नुहाउनू। अनि हारूनलाई पवित्र पोशाक पहिराएर त्‍यसलाई अभिषेक गर्नू, र त्‍यसले पूजाहारी पदमा मेरो सेवा गरोस्‌ भनेर त्‍यसलाई पवित्र गर्नू। त्‍यसका छोराहरूलाई ल्‍याएर तिनीहरूलाई लबेदा पहिराउनू। तैंले तिनीहरूको बुबालाई अभिषेक गरेझैँ तिनीहरूलाई पनि अभिषेक गर्नू, र तिनीहरूले पूजाहारी पदमा मेरो सेवा गरून्‌। तिनीहरूको अभिषेकचाहिँ एक अनन्‍त पूजाहारीगिरीको रूपमा तिनीहरूका सम्‍पूर्ण पुस्‍ताभरि हुनेछ।”