परमप्रभुले हारूनलाई भन्नुभयो, “मोशालाई भेट गर्न उजाड़-स्थानतिर जा।” तब उनी परमेश्वरको पर्वतमा मोशालाई भेट गर्न गए, र भेटेर तिनलाई म्वाइँ खाए। अनि परमप्रभुले तिनलाई भनेर पठाउनुभएका सबै कुराहरू, र देखाउनू भनेर आज्ञा दिनुभएका सबै आश्चर्यपूर्ण चिन्हहरूका विषयमा मोशाले हारूनलाई बताए। तब मोशा र हारून गए, र इस्राएलीहरूका जम्मै धर्म-गुरुहरूलाई जम्मा गरे। अनि परमेश्वरले मोशालाई भन्नुभएका सबै कुराहरू हारूनले तिनीहरूलाई बताए। मोशाले मानिसहरूका आँखाकै सामुन्ने ती चिन्हहरू देखाए, र मानिसहरूले पत्याए। परमप्रभु इस्राएलीहरूको चिन्ता लिनुहुन्छ र तिनीहरूको कष्ट पनि देख्नुभएको छ भनी जब तिनीहरूले सुने, तब तिनीहरूले आफ्ना शिर निहुराएर दण्डवत् गरी आराधना गरे।
प्रस्थान 4 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 4:27-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू