तिनीहरूले सुनका मणिघरहरूमा आनिक्सहरू जड़े र इस्राएलका छोराहरूका नाम छापमा झैँ त्यसमा लेखे। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले एपोदका काँधे-बन्धनहरूमा इस्राएलका छोराहरूका निम्ति सम्झनाको मणि हुनलाई ती लगाए। तिनीहरूले एपोदको कामजस्तै सिपालु शिल्पकारको कामको छाती-पाता सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको कपड़ाको बनाए। त्यो वर्गाकार र दोबर पट्ट्याइएको थियो। त्यो एक बित्ता लामो र एकै बित्ता चौड़ा थियो। त्यसमा मणिहरूका चार लहर गरी मणि जड़े। पहिलो लहर मानिक, पुष्पराज र बेरूजको थियो। दोस्रो लहर फिरोजा, नीर र पन्नाको थियो। तेस्रो लहर लालमणि, हाकिक र कटेलाको थियो। अनि चौथो लहर पीतमणि, आनिक्स र बिल्लौरको थियो। यी सबै सुनका मणिघरहरूमा जड़िएका थिए। ती मणिहरू इस्राएलका छोराहरूका नाउँअनुसार बाह्र वटा थिए। हरेकमा छापमा खोपेझैँ बाह्र कुलमध्ये एउटाको नाउँ थियो।
प्रस्थान 39 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 39
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 39:6-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू