तिनले बबुल काठको टेबिल बनाए। त्यसको लमाइ दुई हात, चौड़ाइ एक हात र उचाइ एक हात आधाको थियो। तिनले त्यो निखुर सुनले मोहोरे, र त्यसका चारैतिर सुनको बिट लगाए। तिनले त्यसका चारैतिर चार अङ्गुल चौड़ा भएको एउटा घेरो बनाए, र घेरोका चारैतिर सुनको बिट लगाए। टेबिलको निम्ति तिनले सुनका चार वटा मुन्द्रा ढालेर बनाए, र ती मुन्द्राहरू त्यसका चार खुट्टा भएका चारै कुनामा लगाए। ती मुन्द्राहरू टेबिल बोक्ने डन्डाहरूका निम्ति ठाउँ हुनलाई घेरेको छेवैमा थिए। तिनले टेबिल बोक्नलाई ती डन्डाहरू बबुल काठका बनाएर तिनलाई सुनले मोहोरे। तिनले टेबिलका सामानहरू, अर्थात् थालहरू, धूपदानहरू, कचौराहरू र अर्घ खन्याउनका निम्ति करुवाहरू सबै निखुर सुनका बनाए। तिनले निखुर सुनलाई पिटेर सामदान बनाए। त्यसका आधार, डन्डा, फूलजस्ता कचौरा, कोपिला र फूलहरू सबै त्यही एउटै टुक्राबाट थिए। त्यसका छ वटा हाँगा बाहिरतिर निस्केका थिए— तीन वटा हाँगा सामदानको एकातिर र तीन वटा हाँगा अर्कोतिर। एउटा हाँगामा हाड़े-बदामका फूलजस्ता तीन कचौरा, र साथै कोपिला र फूलहरू थिए। अर्को हाँगामा पनि तीन वटा कचौराहरू थिए। सामदानबाट निस्केका ती छ वटा हाँगा एउटै किसिमका थिए। सामदानमा हाड़े-बदामका फूलजस्ता चार वटा कचौरा, आफ्ना-आफ्नै कोपिला र फूलसमेत थिए। सामदानबाट निस्केका छ वटा हाँगामध्ये पहिलो जोड़ी हाँगामुनि एउटा कोपिलो, दोस्रो जोड़ी हाँगामुनि दोस्रो कोपिलो, र तेस्रो जोड़ी हाँगामुनि तेस्रो कोपिलो थिए। सामदान, त्यसका कोपिला र हाँगाहरू निखुर सुनको एउटै टुक्राबाट ढालिएका थिए। तिनले त्यसका सात वटा दियाहरू र त्यसका सलेदोका चिम्टा र त्यसका मोसोदानी निखुर सुनका बनाए। तिनले सामदान र त्यसका सबै पात्रहरू एक तोड़ा निखुर सुनका बनाए।
प्रस्थान 37 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 37
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 37:10-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू