बजलेलले बबुल काठको सन्दूक बनाए। त्यसको लमाइ दुई हात आधा, चौड़ाइ एक हात आधा र उचाइ एक हात आधाको थियो। तिनले त्यसको भित्र र बाहिर निखुर सुनले मोहोरे, र त्यसको वरिपरि सुनको बिट बनाए। तिनले त्यसको निम्ति सुनका चार वटा मुन्द्रा ढाले, र ती त्यसका चार खुट्टामा लगाए— दुई वटा मुन्द्रा एकातिर र दुई वटा मुन्द्रा अर्कोतिर। तब तिनले बबुल काठका डन्डाहरू बनाएर ती सुनले मोहोरे। तिनले ती डन्डाहरू सन्दूकका दुवैतिर भएका मुन्द्राहरूमा त्यो बोक्नका निम्ति हाले। तिनले निखुर सुनको एउटा कृपा-आसन बनाए। त्यसको लमाइ दुई हात आधा र चौड़ाइ एक हात आधाको थियो। पिटेको सुनका दुई वटा करूबहरू तिनले बनाए। ती तिनले कृपा-आसनका दुवै किनारमा बनाए— एउटा करूब एक किनारमा र अर्को करूब अर्को किनारमा। ती दुई करूबहरू र कृपा-आसन एउटै टुक्रा सुनबाट त्यसका दुवै किनारमा बनाए। ती करूबहरूले आ-आफ्ना पखेटा माथितिर फिँजाएर पखेटाले कृपा-आसनमाथि छाया पारेका थिए। तिनीहरूका मुखचाहिँ आमनेसामने कृपा-आसनतिर फर्केका थिए।
प्रस्थान 37 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 37
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 37:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू