इस्राएलीहरूले पवित्रस्थानको निर्माण कार्यको निम्ति जे-जे ल्याएका थिए, ती सबै भेटी तिनीहरूले मोशाको हातबाट लिए। मानिसहरूले बिहानैपिच्छे स्वेच्छाले अरू पनि भेटी ल्याउँथे। पवित्रस्थानका काम गर्ने सबै निपुण मानिसहरू आ-आफ्नो काम छोड़ेर मोशाकहाँ आए, र तिनीहरूले मोशालाई भने, “परमप्रभुले बनाउनलाई आज्ञा गर्नुभएको कामको निम्ति चाहिएको भन्दा पनि औधी ज्यादा सामानहरू मानिसहरूले ल्याउँदैछन्।” तब मोशाले आज्ञा गरे, र तिनीहरूले छाउनीभरि यो घोषणा गर्न लागे, “पवित्रस्थानका भेटीको निम्ति अब कुनै पुरुष वा स्त्रीले अरू केही थोक नबनाओस्।” यसरी मानिसहरूलाई अझै सामान ल्याउन मनाही गरियो, किनकि निर्माण कार्यको निम्ति तिनीहरूकहाँ चाहिएको भन्दा ज्यादा सामान थियो।
प्रस्थान 36 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 36
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 36:3-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू