छाउनीनेर आउँदाआउँदै मोशाले बाछो र नाच देखे। मोशालाई साह्रै रीस उठ्यो, र तिनले ती पाटीहरू आफ्ना हातले पर्वतको फेदीमा फ्याँकेर फुटाइदिए। तब तिनीहरूले बनाएको त्यो बाछो लिएर तिनले आगोमा जलाइदिए, र त्यसलाई धूलोपीठो पारेर पानीमा छरिदिए। अनि तिनले इस्राएलीहरूलाई त्यो पिउन लाए। त्यसपछि मोशाले हारूनलाई भने, “यी मानिसहरूले तपाईंलाई के गरे, र तपाईंले यिनीहरूलाई यस्तो ठूलो पापमा लानुभयो?” हारूनले जवाफ दिए, “हजूरको रीस ममाथि नउठोस्। तपाईं त यी मानिसहरूलाई जान्नु नै हुन्छ। यिनीहरू कति खराबीतिर लागेका छन्। तिनीहरूले मलाई भने, ‘हाम्रा निम्ति हाम्रा अगिअगि जानलाई देवताहरू बनाऊ, किनकि हामीलाई मिश्रबाट निकालेर ल्याउने मोशालाई के भयो हामी जान्दैनौं’। तब मैले तिनीहरूलाई भनें, ‘जस-जसकहाँ सुनका गहनाहरू छन्, ती फुकालेर ल्याओ’। अनि तिनीहरूले मलाई सुन दिए। मैले आगोमा हालिदिएँ, र यो बाछो निस्क्यो।” मोशाले देखे कि मानिसहरू त छाड़ा भइसकेका थिए, किनकि हारूनले तिनीहरूलाई छाड़ा हुन दिएका थिए, यतिसम्म कि तिनीहरू आफ्ना वैरीका सामुन्ने हाँसोको कारण बनेका थिए।
प्रस्थान 32 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 32
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 32:19-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू