प्रस्‍थान 31:1-6

प्रस्‍थान 31:1-6 NNRV

अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, मैले यहूदाका कुलको हूरको नाति, ऊरीको छोरो बजलेललाई चुनेको छु। मैले त्‍यसलाई परमेश्‍वरका आत्‍माले, र सीप, दक्षता र सबै किसिमका कारीगरीको ज्ञानले परिपूर्ण पारेको छु। त्‍यसले सुन, चाँदी, काँसाका कलापूर्ण आकार कोर्ने, र पत्‍थर काट्‌ने र जड्‌ने, काठ खोप्‍ने र सबै किसिमका कारीगरीका काम गरोस्‌ भनेर हो। दानका कुलको अहीसामाकको छोरा ओहोलीआबलाई मैले त्‍यसलाई सहयोग गर्न नियुक्त गरेको छु। जे-जति मैले तँलाई आज्ञा गरेको छु, ती सब बनाउनलाई सबै कारीगरहरूलाई मैले दक्षता दिएको छु