प्रस्‍थान 30:22-30

प्रस्‍थान 30:22-30 NNRV

फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैंले असल-असल मसला, अर्थात्‌ ५०० शेकेल तरल मूर्र र त्‍यसको आधा, अर्थात्‌ २५० शेकेल दालचिनी, र २५० शेकेल बोझो, र ५०० शेकेल तेजपात— यी सबैको नाप पवित्रस्‍थानको शेकेलको हिसाबले होस्‌— र एक हीन भद्राक्षको तेल लिएर अभिषेक गर्ने पवित्र तेल बनाउनू, अर्थात्‌ बास्‍ना दिने सुगन्‍धित मसला बनाउनेले झैँ बनाउनू। अभिषेक गर्ने त्‍यो पवित्र तेल होस्‌। भेट हुने पाल र गवाहीको सन्‍दूक, र टेबिल, त्‍यसका सबै सामानसमेत, र सामदान, त्‍यसका सबै सामानसमेत, र धूपको वेदी, होमबलिको वेदी, त्‍यसका सबै सामानहरू, र धुने बाटा, त्‍यसका खुट्टाहरूसमेत, त्‍यसैले अभिषेक गर्नू। यसरी यिनीहरूलाई पवित्र गर्नू, र ती अति पवित्र होऊन्‌। जुन चीजले तिनीहरूलाई छुन्‍छ त्‍यो पवित्र हुनेछ।” “हारून र त्‍यसका छोराहरूलाई अभिषेक गरेर तिनीहरूलाई पवित्र गर्नू, र तिनीहरूले पूजाहारी पदमा मेरो सेवा गरून्‌।