प्रस्‍थान 30:13-16

प्रस्‍थान 30:13-16 NNRV

जति जना गनिन्‍छन्‌ तिनीहरूले पवित्रस्‍थानको शेकेलको हिसाबले आधा-शेकेल दिनुपर्नेछ। एक शेकेल बीस गेराको हुन्‍छ। यसरी परमप्रभुको भेटी आधा-शेकेलको होस्‌। जति जना बीस वर्ष र त्‍यसभन्‍दा माथिका गनिन्‍छन्, उतिले परमप्रभुको भेटी देऊन्। जब तिमीहरूका प्राणका प्रायश्‍चितको निम्‍ति परमप्रभुको भेटी दिइन्‍छ, तब धनीले आधा-शेकेलभन्‍दा बढ़ी र गरीबले त्‍यसभन्‍दा कम नदेओस्‌। इस्राएलीहरूबाट प्रायश्‍चितको पैसा लिएर भेट हुने पालका सेवाको निम्‍ति प्रयोग गर्नू, र त्‍यो तिमीहरूका प्राणको प्रायश्‍चित गर्नलाई परमप्रभुको सामुन्‍ने इस्राएलीहरूका निम्‍ति सम्‍झना होस्‌।”