प्रस्‍थान 29:4-9

प्रस्‍थान 29:4-9 NNRV

त्‍यसपछि हारून र त्‍यसका छोराहरूलाई भेट हुने पालको ढोकानेर ल्‍याएर तिनीहरूलाई तैंले पानीले नुहाइदिनू। ती पोशाकहरू ल्‍याएर हारूनलाई चाहिँ लबेदा, एपोदको अलखा, एपोद र छाती-पाता पहिराएर निपुणताका साथ बुनेको कमरपेटी त्‍यसमाथि बाँधिदिनू। त्‍यसको शिरमा त्‍यो फेटा लगाइदिनू, र फेटामाथि पवित्र मुकुट लगाइदिनू। त्‍यसपछि अभिषेक गर्ने तेल लिएर त्‍यसको शिरमा खन्‍याई त्‍यसलाई अभिषेक गर्नू। अनि त्‍यसका छोराहरूलाई ल्‍याएर तिनीहरूलाई लबेदा पहिराइदिनू, र तिनीहरूका शिरमा फेटा लगाइदिनू। तब हारून र त्‍यसका छोराहरूलाई पटुका बाँधिदिनू। सदाको विधिद्वारा तिनीहरूले पूजाहारी पद पाउनेछन्‌। यसरी तैंले हारून र त्‍यसका छोराहरूलाई नियुक्त गर्नू।