“न्याय गर्नलाई छाती-पाता सिपालु शिल्पकारद्वारा बनाउनू, — एपोदको बनावटजस्तै त्यो पनि सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको होस्। त्यो वर्गाकार र दोबर पट्ट्याइएको होस्। त्यसको लमाइ एक बित्ता र चौड़ाइ एक बित्तै होस्। तब तैंले त्यसमा मणिहरूका चार लहर गरी मणि जड्नू— पहिलो लहर मानिक, पुष्पराज र बेरूजको होस्। दोस्रो लहर फिरोजा, नीर र पन्नाको, तेस्रो लहर नीलमणि, हाकिक र कटेलाको, चौथो लहर पीतमणि, आनिक्स र बिल्लौरको होस्। यी सबै सुनका मणिघरहरूमा जड़िऊन्। ती मणिहरू इस्राएलका छोराहरूका नाउँअनुसार बाह्र वटा होऊन्। हरेकमा छापमा खोपेजस्तै बाह्रै कुलमध्ये एउटाको नाउँ होऊन्।”
प्रस्थान 28 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 28
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 28:15-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू