तैंले इस्राएलीहरूका बीचबाट तेरो दाजु हारून र त्यसका छोराहरूलाई तँकहाँ ले, र तिनीहरूले मेरो निम्ति पूजाहारीको काममा सेवा गरून्— हारून र त्यसका छोराहरू, नादाब, अबीहू, एलाजार र ईतामार। गौरव र शोभाको निम्ति तैंले तेरो दाजु हारूनको निम्ति पवित्र पोशाकहरू बनाउनू। जति शिल्पकारहरू छन्, जसलाई यस्ता कुरामा मैले बुद्धिले परिपूर्ण पारेको छु, तिनीहरूलाई तैंले भन्नू, कि तिनीहरूले हारूनका पोशाक त्यसलाई यो कामको निम्ति नियुक्त गर्नलाई बनाऊन्, र त्यसले पूजाहारीको पदमा मेरो सेवा गरोस्। तिनीहरूले बनाउनुपर्ने पोशाकहरू यी नै हुन्: छाती-पाता, एपोद, अलखा, बुनेको लबेदा, एउटा फेटा र पटुका। तिनीहरूले तेरो दाजु हारून र त्यसका छोराहरूका निम्ति पूजाहारीको पदमा मेरो सेवा गर्नलाई पवित्र वस्त्र बनाऊन्। तिनीहरूले सुन, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी सूती कपड़ा प्रयोग गरून्। तिनीहरूले एपोदचाहिँ सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी सूती कपड़ाले निपुणताका साथ बनाऊन्। त्यो गाँस्नलाई त्यसका दुवै छेउमा गाँसेका दुई काँधे-बन्धन होऊन्। त्यसमाथि भएको खूब राम्रोसँग बुनेको कमरपेटी एपोदको त्यही टुक्राको र त्यस्तै काम भएको सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको होस्। “तैंले दुई वटा आनिक्स लिएर त्यसमा इस्राएलका छोराहरूका नाउँ खोप्नू। तिनीहरूका जन्मअनुसार तिनीहरूमध्ये छ जनाका नाउँ एउटा पत्थरमा र बाँकी छ जनाका नाउँ अर्को पत्थरमा खोप्नू। पत्थर खोप्ने शिल्पकारले जसरी छाप खोप्छ, त्यसरी नै ती दुवै पत्थरहरूमा इस्राएलका छोराहरूका नाउँ खोप्नू। तब तैंले ती पत्थर सुनका रत्न जड़िने मणिघरमा जड्न लगाउनू। ती दुवै पत्थर एपोदका काँधे-बन्धनमा इस्राएलका छोराहरूका निम्ति सम्झनाको पत्थर हुनलाई लगाउनू, र हारूनले तिनीहरूका नाउँ परमप्रभुको सामु आफ्ना दुवै काँधमा सम्झनाको निम्ति बोक्ने गरोस्। अनि तैंले सुनका मणिघर बनाउनू। डोरीजस्ता बाटेका निखुर सुनका दुई वटा सिक्री बनाउनू, र ती बाटेका सिक्री ती मणिघरमा लगाउनू।”
प्रस्थान 28 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 28
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 28:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू