प्रस्‍थान 22:21-31

प्रस्‍थान 22:21-31 NNRV

परदेशीलाई नसताओ, त्‍यसलाई अत्‍याचार पनि नगर, किनकि तिमीहरू पनि मिश्रमा परदेशी नै थियौ। “विधवा अथवा टुहुराबाट फाइदा नलेओ। फाइदा लियौ र तिनीहरूले मेरो पुकारा गरे भने, म निश्‍चय नै तिनीहरूको पुकारा सुन्‍नेछु। मेरो क्रोध दन्‍कनेछ। म तिमीहरूलाई तरवारले मार्नेछु, र तिमीहरूका पत्‍नीहरू विधवा हुनेछन्‌ र तिमीहरूका छोराछोरीहरू पितृहीन हुनेछन्‌। तिमीहरूसँग हुने मेरो कुनै गरीब मानिसलाई ऋण दियौ भने त्‍यसप्रति साहुकारजस्‍तै नहोओ। त्‍यससित ब्‍याज पनि नलेओ। तिमीहरूका छिमेकीको खास्‍टो बन्‍धकमा लिएका छौ भने, सूर्यास्‍त हुन अघि नै त्‍यो त्‍यसलाई फर्काइदेओ, किनकि त्‍यो त्‍यसको एउटै मात्र ओढ्‌ने हो। त्‍यसबाहेक त्‍यो केमा सुत्‍छ? त्‍यसले मेरो पुकारा गर्‍यो भने म त्‍यसको पुकारा सुन्‍नेछु, किनकि म कृपालु छु। “परमेश्‍वरको विरुद्धमा निन्‍दा नगर्, र तिमीहरूको शासकलाई पनि नसराप। “आफ्‍नो खेतबारीको फसल र दाखको रसबाट चढ़ाउन विलम्‍ब नगर। “तिमीहरूका छोराहरूमध्‍ये जेठोचाहिँ मेरो निम्‍ति देओ। त्‍यस्‍तै गरी तिमीहरूका गाईबस्‍तु र भेड़ाहरूबाट पनि देओ। सात दिनसम्‍म ती आफ्‍ना माउसित रहून्‌। आठौँ दिनमा चाहिँ ती तिमीहरूले मेरो निम्‍ति देओ।” “तिमीहरू मेरो निम्‍ति पवित्र जन हुनुपर्छ। यसकारण तिमीहरूले जङ्गलका पशुहरूबाट फहराइएको पशुको मासु नखानू। त्‍यो तिमीहरूले कुकुरहरूलाई फालिदिनू।”