“शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू। छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ-दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्। किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र गर्नुभयो। “आफ्ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ, त्यहाँ तिमीहरूको आयु लामो होस्। “हत्या नगर्नू। “व्यभिचार नगर्नू।
प्रस्थान 20 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 20
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 20:8-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू