प्रस्‍थान 20:12-17

प्रस्‍थान 20:12-17 NNRV

“आफ्‍ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुहुन्‍छ, त्‍यहाँ तिमीहरूको आयु लामो होस्‌। “हत्‍या नगर्नू। “व्‍यभिचार नगर्नू। “चोरी नगर्नू। “आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू। “आफ्‍नो छिमेकीका घरको लालच नगर्नू। आफ्‍नो छिमेकीकी पत्‍नीको लालच नगर्नू, आफ्‍नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्‍यसको कुनै पनि थोकको लालच नगर्नू।”