प्रस्‍थान 2:23-25

प्रस्‍थान 2:23-25 NNRV

धेरै दिन बितेपछि मिश्रका राजा मरे। इस्राएली जातिले दासत्‍वको कारण सुस्‍केरा हालेर पुकारा गर्न लागे। दासत्‍वको बन्‍धनमा तिनीहरूले गरेको पुकारा परमेश्‍वरकहाँ पुग्‍यो। परमेश्‍वरले तिनीहरूको सुस्‍केरा सुन्‍नुभयो, र अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको आफ्‍नो करार सम्‍झनुभयो। यसैले परमेश्‍वरले इस्राएलीहरूमाथि नजर राख्‍नुभयो, र उहाँ तिनीहरूको अवस्‍थामा चिन्‍तित हुनुभयो।