फारोलाई यो कुरा थाहा भयो र उनले मोशालाई मार्ने विचार गरे। तब मोशा फारोदेखि भागेर मिद्यान देशमा गए र त्यहाँ एउटा कूवानेर बसे। मिद्यानका पूजाहारीका सात जना छोरीहरू थिए। तिनीहरू त्यहाँ पानी भर्नलाई आए, र आफ्ना बुबाका भेड़ाबाख्रालाई पानी खुवाउन डूँड़ भर्न लागे। यसै बीचमा गोठालाहरू आएर तिनीहरूलाई धपाउन लागे। तर मोशा उठेर तिनीहरूलाई सहायता गरे, र तिनीहरूका भेड़ाबाख्राहरूलाई पानी खान दिए। जब तिनीहरू आफ्ना बुबा रूएलकहाँ आए तब उनले सोधे, “तिमीहरू कसरी आज यति चाँड़ै आयौ?” तिनीहरूले भने, “एक जना मिश्रीले हामीलाई गोठालाहरूका हातबाट छुटाए। त्यसबाहेक तिनले हाम्रा निम्ति पानी तानेर भेड़ाबाख्राहरूलाई पनि पानी खान दिए।” तब उनले आफ्ना छोरीहरूलाई भने, “तिनी कहाँ छन्? किन तिमीहरूले ती मानिसलाई छोड़ेर आयौ? जाओ, र हामीसित खान तिनलाई बोलाएर ल्याओ।” तब मोशा ती मानिससित बस्न राजी भए। उनले आफ्नी छोरी सिप्पोराचाहिँ मोशालाई विवाहमा दिए। सिप्पोराले एक जना छोरो जन्माइन्, र मोशाले त्यसको नाउँ गेर्शोम राखे, किनकि तिनले भने, “म विदेशमा प्रवासी भएर बसेको छु।” धेरै दिन बितेपछि मिश्रका राजा मरे। इस्राएली जातिले दासत्वको कारण सुस्केरा हालेर पुकारा गर्न लागे। दासत्वको बन्धनमा तिनीहरूले गरेको पुकारा परमेश्वरकहाँ पुग्यो। परमेश्वरले तिनीहरूको सुस्केरा सुन्नुभयो, र अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको आफ्नो करार सम्झनुभयो। यसैले परमेश्वरले इस्राएलीहरूमाथि नजर राख्नुभयो, र उहाँ तिनीहरूको अवस्थामा चिन्तित हुनुभयो।
प्रस्थान 2 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 2:15-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू