प्रस्‍थान 2:11-15

प्रस्‍थान 2:11-15 NNRV

जब मोशा ठूला भए तब तिनी आफ्‍ना भाइबन्‍धुहरूकहाँ गए, र तिनीहरूले गरेका कठिन काम देखे। तिनले आफ्‍ना भाइबन्‍धुहरूमध्‍ये एक जनालाई, अर्थात्‌ एक जना हिब्रूलाई एक जना मिश्रीले हिर्काइरहेको देखे। तब तिनले यताउता हेरे, र कोही पनि नदेख्‍दा त्‍यस मिश्रीलाई मारेर बालुवामा पुरिदिए। भोलिपल्‍ट त्‍यहाँ जाँदा दुई जना हिब्रूहरू आपसमा कुटपिट गरिरहेका तिनले देखे। तिनले अन्‍याय गर्नेचाहिँलाई भने, “तिमी आफ्‍नै हिब्रू मान्‍छेलाई किन हिर्काउँछौ?” त्‍यसले भन्‍यो, “कसले तिमीलाई हाम्रो शासक र न्‍यायकर्ता तुल्‍यायो? त्‍यस मिश्रीलाई मारेजस्‍तो मलाई पनि मार्न चाहन्‍छौ?” तब मोशाले डराएर मनमनै भने, “अवश्‍य यो कुरो फिँजिन लागेछ।” फारोलाई यो कुरा थाहा भयो र उनले मोशालाई मार्ने विचार गरे। तब मोशा फारोदेखि भागेर मिद्यान देशमा गए र त्‍यहाँ एउटा कूवानेर बसे।