प्रस्‍थान 19:4-6

प्रस्‍थान 19:4-6 NNRV

‘मैले मिश्रीहरूलाई के गरें, र तिमीहरूलाई कसरी गरुडका पखेटामा झैँ बोकेर मकहाँ ल्‍याएँ, सो तिमीहरूले देखेका छौ। अब यदि तिमीहरूले मेरा कुरा साँच्‍चै नै सुन्‍यौ र मेरो करार पालन गर्‍यौ भने, सबै जातिहरूमध्‍ये तिमीहरूचाहिँ मेरो बहुमूल्‍य निज धन हुनेछौ। सारा पृथ्‍वी मेरै भए तापनि तिमीहरू मेरो निम्‍ति पूजाहारीहरूको एक राज्‍य र एक पवित्र जाति हुनेछौ’। इस्राएलीहरूलाई तैंले भन्‍नुपर्ने कुरा यी नै हुन्‌।”