तब अमालेकीहरू आएर रपीदीममा इस्राएलीहरूमाथि आक्रमण गरे। अनि मोशाले यहोशूलाई भने, “हाम्रा निम्ति मानिसहरू चुनेर अमालेकीहरूसित युद्ध गर्न जाऊ। भोलि परमप्रभुको लहुरो मेरा हातमा लिएर म डाँड़ाको टाकुरामा खड़ा हुनेछु।” तब मोशाले तिनलाई भनेबमोजिम यहोशूले गरे, र अमालेकीहरूका विरुद्धमा लड्न लागे। मोशा, हारून र हूरचाहिँ डाँड़ाको टाकुरामा गए। मोशाले आफ्ना हात माथि उचालिराख्दा इस्राएलीहरू विजयी हुन्थे। तर तिनले आफ्ना हात तल झार्दा अमालेकीहरू विजयी हुन्थे। जब मोशाका हात थाके, तब तिनीहरूले एउटा ढुङ्गा ल्याएर तिनीमुनि राखिदिए, र तिनी त्यसमाथि बसे। हारून र हूरले चाहिँ तिनका हात थामिराखे, एउटाले एकापट्टि र अर्काले अर्कोपट्टि। यसरी सूर्यास्त नहोउञ्जेल तिनका हात स्थिर रहे। अनि यहोशूले अमालेकी फौजलाई तरवारले जिते। तब परमप्रभुले मोशालाई भन्नुभयो, “यो कुरो सम्झनाको निम्ति एउटा पुस्तकमा लेख्, र त्यो यहोशूलाई बताइदे, किनकि म अमालेकको स्मृति आकाशमुनिदेखि बिलकुलै मेटिदिनेछु।” मोशाले त्यहाँ एउटा वेदी बनाएर त्यसको नाउँ “परमप्रभु मेरो झन्डा” राखे। अनि तिनले भने, “परमप्रभुको सिंहासनतर्फ हातहरू उचालिएका थिए। परमप्रभु पुस्तौँ-पुस्तौँसम्म अमालेकीहरूसित युद्ध गर्नुहुनेछ।”
प्रस्थान 17 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 17
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 17:8-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू