इस्राएलीहरूका सारा समुदाय एलीमबाट यात्रा गरेर मिश्रबाट निस्केको दोस्रो महिनाको पन्ध्रौँ दिनमा, एलीम र सीनै पर्वतको बीचमा भएको सीनको उजाड़-स्थानमा आइपुगे। तब सारा समुदाय त्यहाँ मोशा र हारूनसित गनगनाउन लागे। अनि इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मिश्रमा मासुका कराहीहरूका वरिपरि बसी अघाउञ्जेल खाना खान्थ्यौं। त्यसै बेला हामी परमप्रभुको हातबाट मरेका भएदेखि असल हुनेथियो। तर तपाईंहरूले हामी र हाम्रा यस जम्मै समुदायलाई भोकले मार्न उजाड़-स्थानमा ल्याउनुभएको छ।” तब परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीहरूका निम्ति स्वर्गबाट रोटी वर्साउनेछु। मानिसहरूले दिनहुँ बाहिर गएर एक दिनको हिस्सा बटुलून्। यसरी तिनीहरू मेरा आदेशमा हिँड्छन् कि हिँड्दैनन् सो म जाँच गर्न सकूँला। छैटौँ दिन तिनीहरूले जति बटुल्छन् त्यो तयारी पारिराखून्, र त्यो अरू दिनभन्दा दोबर होस्।” यसकारण मोशा र हारूनले सारा इस्राएलीहरूलाई भने, “बेलुकी तिमीहरूले थाहा पाउनेछौ, कि परमप्रभुले नै तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको हो। अनि बिहानचाहिँ तिमीहरूले परमप्रभुको महिमा देख्नेछौ, किनकि परमप्रभुको विरुद्धमा गरेको गनगन उहाँले सुन्नुभएको छ। हामी को हौं र तिमीहरू हाम्रा विरुद्धमा गनगनाउँछौ?”
प्रस्थान 16 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 16:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू