प्रस्‍थान 16:1-3

प्रस्‍थान 16:1-3 NNRV

इस्राएलीहरूका सारा समुदाय एलीमबाट यात्रा गरेर मिश्रबाट निस्‍केको दोस्रो महिनाको पन्‍ध्रौँ दिनमा, एलीम र सीनै पर्वतको बीचमा भएको सीनको उजाड़-स्‍थानमा आइपुगे। तब सारा समुदाय त्‍यहाँ मोशा र हारूनसित गनगनाउन लागे। अनि इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मिश्रमा मासुका कराहीहरूका वरिपरि बसी अघाउञ्‍जेल खाना खान्‍थ्‍यौं। त्‍यसै बेला हामी परमप्रभुको हातबाट मरेका भएदेखि असल हुनेथियो। तर तपाईंहरूले हामी र हाम्रा यस जम्‍मै समुदायलाई भोकले मार्न उजाड़-स्‍थानमा ल्‍याउनुभएको छ।”