परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूमध्येका मानिस र पशुका गर्भका प्रथम फल, अर्थात् पहिले जन्मेका सबै नरहरूलाई मेरो निम्ति अर्पण गर्। ती मेरा हुन्।” तब मोशाले मानिसहरूलाई भने, “दासत्वको देश, मिश्रबाट निस्केर आएको यस दिनको तिमीहरूले सम्झना राख, किनकि परमप्रभुले आफ्नो बाहुलीको शक्तिले तिमीहरूलाई त्यस ठाउँबाट निकालेर ल्याउनुभयो। यस दिन खमिर हालेको कुनै रोटी नखाइओस्। आबीब महिनाको आजकै दिनमा तिमीहरू निस्केर जाँदैछौ। जब परमप्रभुले तिमीहरूलाई कनानी, हित्ती, एमोरी, हिव्वी र यबूसीहरूको देश, अर्थात् दूध र मह बग्ने देशमा ल्याउनुहुनेछ, जुन देश उहाँले तिमीहरूका पिता-पुर्खासित ‘म दिन्छु’ भन्ने शपथ खानुभएको थियो, तब यही महिनामा यो चाड़ मान्नू। सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू, र सातौँ दिनमा चाहिँ परमप्रभुको निम्ति एउटा चाड़ मनाउनू। ती सात दिनसम्म अखमिरी रोटी खानू। तिमीहरूका साँधसिमानाभित्र खमिर भएका चीज र खमिर देखिनुहुँदैन। त्यस दिन तिमीहरूले आफ्नो छोरालाई यसो भन्नू, ‘जब म मिश्रबाट निस्केर आएँ, तब परमप्रभुले मेरो निम्ति जे गर्नुभयो, यो त्यसैको निम्ति गरिएको हो’। परमप्रभुको व्यवस्था तिमीहरूका मुखमा रहोस् भनेर यो तिमीहरूका निम्ति हातमा एउटा चिन्ह र निधार अगि तिमीहरूलाई सम्झना गराउने कुरा हुनेछ, किनकि परमप्रभुले आफ्नो शक्तिशाली हातले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको हो। यो विधि वर्षेनी ठहराइएको समयमा मान्ने गर्नू।
प्रस्थान 13 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 13:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू