अनि मोशाले आफ्नो लहुरो मिश्रमाथि पसारे, र परमप्रभुले त्यस दिनभरि र रातभरि देशमा पूर्वीय बतास चलाउनुभयो। जब बिहान भयो तब पूर्वीय बतासले सलहहरू ल्याएको थियो। अनि सलहहरू मिश्रमा आए, र सारा देशभरि हूलका हूलमा बसे। त्यतिका सलहहरू न त अघि आएका थिए न पछि फेरि आउनेछन्। तिनीहरूले सारा भूमिलाई ढाके, यहाँसम्म कि जमिनै कालो देखियो। अनि तिनीहरूले असिनाबाट बाँचेका, देशका सब सागपात र रूखका सबै फलहरू खाइहाले। मिश्रभरि हरियोपरियो केही रहेन। तब फारोले मोशा र हारूनलाई झट्टै बोलाउन पठाए, र उनले भने, “मैले परमप्रभु तिमीहरूका परमेश्वरको विरुद्धमा र तिमीहरूका विरुद्धमा पाप गरें। यसकारण अब म बिन्ती गर्दछु, फेरि मेरो पाप क्षमा गर, र परमप्रभु आफ्ना परमेश्वरसँग बिन्ती गर, र उहाँले ममाथि आइलागेको यो विपत्ति मबाट हटाइदेऊन्।” तब मोशा फारोकहाँबाट निस्केर गए, र परमप्रभुलाई बिन्ती गरे। अनि परमप्रभुले अति ठूलो पश्चिमी बतास चलाइदिनुभयो, जसले सलहहरूलाई लाल समुद्रतिर उड़ाएर लग्यो, र मिश्रभित्र एउटै पनि सलह रहेन।
प्रस्थान 10 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 10:13-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू