एस्‍तर 7:9-10

एस्‍तर 7:9-10 NNRV

तब राजाको सामु हाजिर रहने नपुंसकहरूमध्‍येको एक जना हर्बोनाले भन्‍यो, “महाराजाको प्राण जोगाइदिने मोर्दकैलाई झुण्‍ड्याउन भनी हामानले आफ्‍नै घरमा पच्‍चीस मिटर अल्‍गो फाँसीको काठ बनाएको छ।” राजाले भने, “त्‍यसैमा हामानलाई झुण्‍ड्या!” तब मोर्दकैको निम्‍ति आफैले तयार गरेको फाँसीको काठमा तिनीहरूले हामानलाई लगेर झुण्‍ड्याए। त्‍यसपछि राजाको रीस शान्‍त भयो।