एस्तर 7:9-10 - Compare All Versions
एस्तर 7:9-10 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब राजाको सामु हाजिर रहने नपुंसकहरूमध्येको एक जना हर्बोनाले भन्यो, “महाराजाको प्राण जोगाइदिने मोर्दकैलाई झुण्ड्याउन भनी हामानले आफ्नै घरमा पच्चीस मिटर अल्गो फाँसीको काठ बनाएको छ।” राजाले भने, “त्यसैमा हामानलाई झुण्ड्या!” तब मोर्दकैको निम्ति आफैले तयार गरेको फाँसीको काठमा तिनीहरूले हामानलाई लगेर झुण्ड्याए। त्यसपछि राजाको रीस शान्त भयो।
एस्तर 7:9-10 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तब तीमध्ये एक जना हर्बोना नाम गरेको नपुंसकले भन्यो, “हामानले यतिसम्म गरेको थियो कि राजाका प्राण बचाइदिने मोर्दकैलाई झुन्ड्याउन आफ्नो घरमा एउटा फाँसीको काठ बनाएको छ। त्यो बाईस मिटर अग्लो छ।” राजाले आज्ञा गरे, “त्यसैमा हामानलाई झुन्ड्याओ!” यसरी आफूले मोर्दकैको लागि तयार गरेको फाँसी-काठमा हामानलाई झुन्ड्याइयो। त्यसपछि राजाको रिस मर्यो।
एस्तर 7:9-10 NERV (पवित्र बाइबल)
तब हर्बोना, राजाको समक्ष सेवा गर्ने एक जना नपुंसकले भने, “राजालाई सावधान गराउनेमानिस मोर्दकैको निम्ति हामानले बनाएको 75 फीट अग्लो फाँसी हामानको छत्मा खडा छ।” राजाले भने, “त्यसलाई त्यो फाँसीमा भुण्डयाऊ।” यसरी तिनीहरूले हामानलाई त्यही फाँसीमा झुण्डयाए जो तिनले मोर्दकैको निम्ति बनाएका थिए। अनि राजाको क्रोध शान्त भयो।
एस्तर 7:9-10 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजाका सेवक नपुंसकहरू मध्येका एक जना हर्बोनाले भन्यो, “राजालाई सहायता गर्न बोल्ने मोर्दकैका निम्ति हामानले तयार पारेको पचास क्यूबिट अग्लो फाँसी दिने काठ त्यसको घरकै छेउमा खडा छ।” राजाले भने, “त्यसलाई त्यसैमा झुण्ड्याइदेओ!” यसकारण नपुंसकहरूले हामानलाई तिनले मोर्दकैका निम्ति तयार गरेको फाँसीको काठमा झुण्ड्याइदिए। तब राजाको रिस शान्त भयो।